नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता हुने भएको छ।
गृहमन्त्री श्रेष्ठलाई भेट्न गुटेरेस दिउँसो ३ बजे गृह मन्त्रालय जाँदैछन्। यसअघि गत आइतबार नै तय भएको उनीहरुको भेटघाट स्थगित भएको थियो।
आजै अन्नपूर्ण आधार शिविर र लुम्बनी पुगेका गुटेरेस काठमाण्डौं फर्किएपछि गृहमन्त्री श्रेष्ठसँग भेट्नेछन्।
उनले आजै अपराह्न ४ बजे संघीय संसदको संयुक्त सभालाई संबोधन गर्ने कार्यक्रम छ।