राज्य व्यवस्था समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्नैप्रश्न तेर्स्याएका छन्।
बुधबार बसेको बसेको समिति बैठकमा उनले लडाकु शिविरको भ्रष्टाचार, वाइड बडी खरिदमा भ्रष्टाचार, यति/ओम्नी प्रकरण लगाायतका विषयमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई प्रश्न गरेका हुन्।
उनले लडाकु शिविरको भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनेर प्रश्न गरेका हुन्।
संसदीय समितिमा बोल्दै उनले भने, ‘लडाकु शिविरको भ्रष्टाचार छानबिन कहाँ पुग्यो? अख्तियारको नेतृत्व परिवर्तन भएपछि रोकियो कि!’
लेखा समितिले वाइड बढी खरिदमा ४ अर्ब अनियमितता भएको प्रतिवेदन बुझाए पनि त्यसमा के कस्तो प्रगति भयो भनेर उनले सोधेका छन्।
‘वाइड बडी खरिदमा लेखा समितिले ४ अर्ब अनियमितता भएको प्रतिवेदन दियो। यसमा के भयो?’, उनले भने, ‘यति प्रकरण र ओम्नीमा थप छानबिन भयो कि भएन?’
अख्तियारले मुद्दा दायर गर्ने रेट घटेको भन्दै उनले यसको कारण के हो भनेर उनले प्रश्न गरेका छन्।
‘अख्तियारले मुद्दा दायर गर्ने दर घट्यो। किन? आयुक्तहरू कसैलाई खुसी पार्ने कमिटमेन्ट गरेर आउनु भएकाले हो कि? कसैले रोकेको हो कि?’, उनले भने।
विगतमा एन्फा अध्यक्षले ५८ करोड रुपैयाँ भ्रष्टाचार गरेको लेखा समितिले रिपोर्ट दिए पनि अख्तियारले वेवास्ता गरेको उनको आरोप छ।
‘फिफाले परिवारिक लेनदेन गरेको भनेर १० वर्ष प्रतिबन्ध लगायो। विदेशीले देख्ने, नेपालको अख्तियारले किन देखेन?’, उनले प्रश्न गरेका छन्।