प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरू भएको छ।
बैठकमा सत्ता र प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका अधिकांश शीर्ष नेता उपस्थित छैनन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने उपस्थित छन्।
सांसदहरू बस्ने अधिकांश कुर्सी खाली देखिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्र निरीक्षणका लागि बझाङ गएका छन्। केही मन्त्रीहरू पनि बझाङ गएका छन्।
बैठकमा केहीबेर शुन्य समय चलेको थियो। सांसदहरूले विभिन्न विषयमा धारणा राखेका थिए। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
बैठकमा रास्वपाका सांसदहरूले शिक्षकहरूसँग भएका सहमतिबारे सदनलाई शिक्षामन्त्रीले जानकारी गराउनुपर्ने मागसमेत राखेका छन्। विधेयकबारे सामान्य छलफल सुरू भएको छ।
तस्बिरहरू: