नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कोशी प्रदेश सरकारमा मिलेर जानुपर्ने बाध्यता रहेको बताएका छन्।
आइतबार प्रेस युनियनले रामेछापमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले कांग्रेस अन्ततोगत्वा एक्लै हिँड्नुपर्ने भएपनि अहिले कोशीमा मिलेर जानुपर्ने अवस्थामा रहेको बताएका हुन्।
दलहरूबीच छलफल र संवाद नहुँदा राजनीतिमा पटकपटक सर्वोच्च अदालत बीचमा आउने उनले बताए।
‘एक आपसमा बसेर छलफल गरेर समाधान निकाल्न नखोजेपछि त्यो नगरेपछि राजनीति आफ्नो हातमा हुँदैन सर्वोच्चको हातमा जान्छ,’ उनले भने, ‘राजनीति राजनीज्ञले गर्ने हो, सर्वोच्चले गर्ने होइन।’
उनले कोशीमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए।
कोइरालाले पछिल्लो समय कांग्रेसमा देखिएको चरम गुटबन्दी रोक्ने सामार्थ्य आफूमा मात्र भएको बताए। गुट रोक्न नसके कांग्रेस अझै संकटमा पर्ने उनको भनाइ छ।