नेकपा एमालेको भ्रातृ संगठन युवा संघको कोशी प्रदेश अधिवेशन चलिरहँदा धरानमा पहिचानवादीहरूले प्रदर्शन गरेका छन्।
युवा संघको अधिवेशन लाङ्घाली सामुदायिक वनमा भइरहेको छ। अधिवेशनलाई सम्वोधन गर्न एमाले उपाध्यक्ष सुवास नेम्वाङ आज धरान पुगेका थिए।
लाङ्घालीमा युवा संघको अधिवेशन चल्दै गर्दा तीनकुने चोकमा पहिचानवादीहरूले एमालेविरोधी नाराबाजी गरेका छन्।
उनीहरूले एमाले नै पहिचानविरोधी भएको आरोप लगाएका छन्। युवा संघको अधिवेशनका लागि बनाइएको ब्यानर र स्वागतद्वारमा राखिएको ब्यानरमा कोशी प्रदेश राखिएकोमा पनि उनीहरूले विरोध जनाउँदै नाराबाजी गरेका छन्।
युवा संघ र पहिचानवादीबीच झडपको अवस्था आउन नदिन दिउँसो बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुनसरीका प्रहरी निरीक्षक रोमन अर्यालले अहिले अवस्था सामान्य रहेको बताए।
तस्बिरहरूः
सबै तस्बिरः राजु अधिकारी/सेतोपाटी