कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको हो।
प्रदेश प्रमुख तिलक परियारले शाहीलाई कार्यवाहक मुख्यमन्त्री तोकेका हुन्।
मुख्यमन्त्री शर्मा सेप्टेम्बर १ र २ गतेका लागि स्वीट्जरल्याण्ड भ्रमण गएका छन्। उनी १ साता विदेशमा रहने मुख्यमन्त्रीका सल्लाहकार भरत शर्माले जानकारी दिए।