काठमाडौंको बिजुली बजारमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ।
माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए।
बिहीबार दिउँसो बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरीबीच धकेलाधकेल भएको हो। सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जानकारी दिए। ‘कसैलाई कुटपिट र पक्राउ गरेका छैनौं,’ उनले भने।
निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।
फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन्।
तस्बिरहरू: