नेपाल निर्माण व्यवसायी संघ तीन दिनदेखि आन्दोलनमा छ।
निर्माण कार्यको बाँकी रकम भुक्तानी, म्याद थप, मूल्य समाजोजनलगायत विभिन्न माग राख्दै निर्माण व्यवसायीहरूले आन्दोलन जारी राखेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र बानेश्वरमा मंगलबार पनि निर्माण व्यवसायीहरूले घेराउ तथा प्रदर्शन गरेका हुन्।
बालुवाटारमा बिहान ९ बजेदेखि १० बजेसम्म सडकमा डोजर तेर्साएर उनीहरूले घेराउ गरेका थिए भने बानेश्वरमा दिउँसो प्रदर्शन गरेका हुन्।
उनीहरूले उपभोक्ता समिति खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरून्त भुक्तानी गर्नुपर्नेलगायत ९ बुँदे माग पूरा गर्न सरकारसँग माग गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाइदिनुपर्नेसमेत उनीहरूको माग छ।
तस्बिरहरू: