नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले सभापति बदल्नुभन्दा पहिले आफू नै बदलिने बताएका छन्।
सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले सकेसम्म आफू बदलिन प्रयास गरिरहेको बताए।
‘पार्टीलाई अब जुरूक्कै उचालेर जनताको बीचमा जनताको कांग्रेस बनाउनुछ,’ उनले भने, ‘यो अभियानमा लागौं। यो अभियानमा लाग्दै गर्दा म आफैँ बदलिनुपर्छ। म दृढ छु। म बदलिएर अघि बढ्छु। कतिले मलाई गाली गर्छन्- नेता बदल्ने कुरा गर भन्छन्। तर सभापति बदल्नुभन्दा अघि त म आफैं बदलिनुपर्छ भन्ने थाहा छ।’
धनराजले यसो भनिरहँदा सभापति देउवाले मुन्टो हल्लाएर समर्थन जनाएका थिए।
‘७५ वर्ष भइसकेको सभापतिलाई बदलिनुस् भन्नुभन्दा बरू म आफैँ बदलिन्छु,’ उनले भने, ‘म ६० वर्ष पनि पुगेको छैन।’