नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्।
उनी गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गरेका हुन्।
‘त्यहाँ उहाँले निर्वाचन पर्यवेक्षण गर्नुहुने छ,’ अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘एउटा राजनीतिक गोष्ठीमा पनि सहभागी हुने कार्यसूची रहेको छ।’
अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यसूची रहेको छ। भ्रमण टोलीमा ओलीका पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, सचिवालयका राजेश बज्राचार्य र दिनेश भण्डारी छन्।
ओलीले शनिबार बसेको सचिवालय बैठकमा भ्रमणबारे जानकारी गराएको उपमहाचिव प्रदीप ज्ञवालीले बताएका थिए।