आम जनता पार्टीका सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद शाहले प्राधिकरण आम नागरिकप्रति कम उद्योग व्यवसायीप्रति बढी जवाफदेही भएको आरोप लगाएका हुन्।
'ठुल्ठूला व्यापारिक घरानाहरुलाई सेवा गर्नुहुन्छ,' उनले भने, अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न। समयमा लाइन पनि दिनुपर्दैन। तर दण्ड ठोकी हाल्नुपर्छ,’ उनले भने।
शाहले उर्जा क्षेत्रमा छुट्याइएको ६० अर्ब बजेट कहाँ खर्च गर्ने भन्ने स्पष्टरूपमा उल्लेख नभएको पनि बताए। उनले त्यसबारेमा सांसदले बुझ्न पाउनुपर्ने बताए।
'ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन। वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने?,' उनले भने, 'यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताव लेख्नै नहुने? शिर्षक अनुसार गतिविधि
सांसदहरुले जान्नै नहुने हो?'
उनले बक्यौता रकम उठाउन पहल नभएका विषयमा पनि प्रश्न गरे। बक्यौता रकम नै नउठाइ वर्षको अन्तिममा नाफा देखाएर जनतालाई प्राधिकरणले झुक्याइरहेको पनि उनले बताए।