प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निरीक्षण अवलोकनका लागि मेलम्ची खानेपानी परियोजनाको बाँध क्षेत्र अम्बाथान आइपुगेका छन्।
दुई वर्षअघि भ्रेमाथाङको भेलबाढीका कारण परियोजनाको मुख्य बाँध क्षेत्र सुरुङ र तटीय क्षेत्र तहसनहस पारेको थियो। प्रधानमन्त्री प्रचण्ड, स्वास्थ तथा जनसंख्यामन्त्री मोहन बस्नेत, खानेपानीमन्त्री महेन्द्र राय यादव सहितको टोली निरीक्षणको लागि आएको हो।
बाढीको दुई वर्षसम्म पनि बाँध क्षेत्रको थेग्रिनी हटाइएको छैन। इन्टेक पुरिएकाले अहिले अस्थायी तरिकाले दैनिक १७ करोड लिटर पानी काठमाडौंमा पथान्तरण गरिएको छ।
अघिल्लो वर्ष बर्खायाममा सुरुङ बन्द गरिएको थियो।
यसपटक मनसुनयाममा पनि पानी पथान्तरण गर्ने तयारी सरकारको छ।
भेलबाढीले बिच्छेद गरेको मेलम्ची- अम्बाथान २२ किलोमिटर सडक अझै पुनर्निर्माण हुन सकेको छैन।
तटीय क्षेत्रका खण्डहर घरहरू पुन:निर्माण नभइरहेका बेला प्रधानमन्त्री प्रचण्ड र मन्त्रीसहितको टोली यहाँ अवलोकनका लागि आएको छ।


















सबै तस्बिरहरूः अक्षर काका/सेतोपाटी