राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निवास फर्किएका छन्।
झन्डै २ घण्टा लामो सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरेर राष्ट्रपति पौडेल फर्किएका हुन्।
उनी संसद भवन आउँदा पनि सडक खाली गरिएको थिएन।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।