पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका छन्।
अहिले उनी प्रहरीको नियन्त्रणमा छन्।
बुधबार बिहान पक्राउ परेका खाणलाई अहिले काठमाडौं जिल्ला अदालत लगिएको छ।
बुधबार दिउँसो पौने ३ बजे उनलाई जिल्ला अदालत लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनलाई आज बिहान चाबहिलस्थित मैजुबहालबाट पक्राउ गरेको थियो। त्यहाँबाट उनलाई जिल्ला प्रहरी परिसर लगिएको थियो।
अहिले उनलाई म्याद थप गर्न अदालत लगिएको हो।