जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठक पार्टी कार्यालय ललितपुरमा वैशाख २७ गते बुधबार बिहान ११ बजे बस्ने भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको उनले बताए।