नेपालका लागि चिनियाँ राजदूत छन सङले राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन्।
बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको हो।
भेटका क्रममा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
पौडेल राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेटेका हुन्। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।
