नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भएका छन्।
संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन्।
बर्तौला पहिलो पटक चुनाव जितेर संसदमा आएका हुन्। उनले विरोध खतिवडालाई हराएका थिए।
