उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनमा रहेको जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दिएकी छन्।
बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झाले उम्मेदवारी दर्ता गराएकी हुन्।
अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव उनका प्रस्तावक छन्। गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी समर्थक छन्।
सत्ता गठबन्धनको तर्फबाट उनी तेस्रो उम्मेदवार हुन्। जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला यादवले पनि उम्मेदवारी दिएका छन्।
नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ।