नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक शुरु भएको छ।
बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको हो। बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ।
यसअघि नेकपा एमालेले ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बनाएमा आफूहरूले उम्मेदवारी नदिने निर्णय गरेको थियो।
बिहीबार नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन भइरहँदा एमाले र जसपाका नेताहरूबीच पनि यो विषयमा अनौपचारिक कुराकानी भएको थियो।
एमालेका एकजना पदाधिकारीले जसपाका सांसदलाई आफूहरूले उपराष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना नरहेको बताएका थिए।
उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन आज हुँदैछ ।