प्रदेश सभाभित्र नामकरणका लागि छलफल चलिरहँदा प्रदेश १ संसद परिसर बाहिर भने पहिचानमा आधारित प्रदेश चाहिने भन्दै प्रदर्शन चलिरहेको छ।
प्रदेशको नाम कोशी हुने निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरिरहेका छन्।
उनीहरूले पहिचानसहित प्रदेशको नामकरण गर्न माग गर्दै प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन्।
उनीहरूले 'पहिचानवादी एक हौं', 'मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद', 'कोशी प्रदेश मान्दैनौं' लगायतका नारा लगाइरहेका छन्।
धर्ना र नारा जुलुस बढेसँगै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ।