नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ।
राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक आज अपरान्ह बसेको हो।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पदाधिकारी बैठक सुरू भएको जानकारी दिएको छ।
पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए।
उनीहरूबीच राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको थियो।
माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।