सरकारले भोलि (फागुन १ गते) देशैभरि सार्वजनिक बिदा दिएको छ। माओवादी 'जनयुद्ध' सुरू भएको दिनमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो।
यसअघि कर्णाली र बागमती प्रदेश सरकारले 'जनयुद्ध दिवस' को दिन पारेर बिदा दिने निर्णय गरेका थिए।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी) युद्ध सुरू गरेको थियो।
सरकारको निर्णयमा केहीले तीव्र असन्तुष्ट जनाएका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको यो निर्णय आपत्तिजनक भएको बताएका छन्।
त्यस्तै अधिवक्ता बुद्धि कार्कीले नेतृत्वमा भएको बेला धेरैले पचाउन नसकेको 'जनयुद्ध' सुरू गरेको दिनलाई 'राष्ट्रिय दिवस' बनाएर सबैको टाउकोमा जबर्जस्ती थोपरेको भनेका छन्।
हेर्नुस् बिदाप्रति सामाजिक सञ्जालमा अभिव्यक्त भएका असन्तुष्टिहरू-
कमल थापा- राप्रपा नेपाल अध्यक्ष
रामहरि खतिवडा- सांसद
योगेश भट्टराई- एमाले नेता, सांसद
भीमार्जुन आचार्य- संविधानविद्
बुद्धि कार्की- अधिवक्ता