राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ।
राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। उनी राप्रपाका प्रवक्तासमेत हुन्।
'मलाई प्रमुख सचेतक तोकिएको पत्र प्राप्त भएको छ', शाहीले सेतोपाटीसँग भने, 'मैले पार्टी भित्र पनि यो जिम्मेवारी दिन आग्रह गरेको थिएँ।'