नेकपा (एमाले) का सांसद राजेन्द्रसिंह रावल सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त भएका छन्।
रावललाई बुधबार साँझ प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश सभामा एकै दलको सरकार बनाउन चाहिने कम्तीमा २७ सांसद क नपुगेकाले एकसाताको समय दिएर दुई वा बढी दलले दावी पेश गर्न प्रदेश प्रमुख जोशीले आह्वान गरेका थिए।
बुधबार एमाले संसदीय दलका नेता रावलले २९ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
मुख्यमन्त्री नियुक्त भएका रावलले बिहीबार सपथ लिने छन्।
रावल आधा कार्यकालका लागि मुख्यमन्त्री बनेका हुन्। साढे २ वर्षपछि नेकपा माओवादीबाट मुख्यमन्त्री हुने सत्तारूढ गठबन्धनबीच सहमति भएको छ।