राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
निर्वाचनको जितेकोमा बधाई आदानप्रदान भन्दै उनले राजनीतिक पार्टीका प्रमुखहरूलाई भेट्न थालेका हुन्।
शनिबार लामिछानले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।ओली निवास बालकोटमा पुगेर उनले भेटेका हुन्। भेटमा निर्वाचन जितेपछिको शुभकामना आदानप्रदान भएको हो। निर्वाचनको परिणाम आएलगत्तै ओलीसँग भेट्न खोजेका लामिछानेले शनिबार मात्रै ओलीको समय पाएका हुन्।
ओली पहिलो पटक प्रधानमन्त्री हुँदा लामिछानेले नेपाल टेलिभिजनबाट ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाएका थिए।
केही दिनअघि लामिछानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए।
भेटमा लामिछानेले बधाई आदानप्रदान गर्नुका साथै आफूहरू सरकारमा जान तयार रहेको बताएका थिए। लामिछानेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भने भेट गरेका छैनन्।
लामिछानले नेतृत्व गरेको रास्वपाका २० जना सांसद छन्।