नेकपा (एमाले)ले समानुपातिकतर्फ अग्रता कायमै राखेको छ। सुरूदेखि नै पहिलो स्थानमा रहेको एमालेले शनिबार दिउँसो २० लाख मत कटाएको छ।
७४ लाख ३४ हजार ८ सय २४ मत गणना हुँदा एमालेले २० लाख ३२ हजार २ सय ३३ ल्याएको हो। यो कुल सदर मतको २७.३७ प्रतिशत हो।
दोस्रो स्थानमा रहेको कांग्रेसले १९६३५८५ मत पाएको छ। यो गणना भएको सदर मतको २६.४१ प्रतिशत हो।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ७३ हजार ९ सय ६ मत अर्थात् ११.७५ प्रतिशत मत ल्याएको छ।
चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ४२ हजार ७ सय २१ मत अर्थात् ११.३३ प्रतिशत मत पाएको छ।
पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ४७ हजार ७ सय ९६ अर्थात् ६ प्रतिशत मत ल्याएको छ।
एकीकृत समाजवादी पनि राष्ट्रिय दलतर्फ उन्मुख छ। उसले १ लाख ८७ हजार ५ सय २९ मत ल्याएको छ। समाजवादीले २.५२ प्रतिशत मत ल्याएको हो।