६८ वर्षका तीन जर्नेललाई चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीबाटै बिदा गरेका महासचिव सी चिनफिङले ७२ वर्षका जाङ स्योलाई जनमुक्ति सेनाको कमाण्ड सुम्पिने भएका छन्। उनले केन्द्रीय सैनिक आयोगको उपाध्यक्षको जिम्मेवारी ७२ वर्षका जाङलाई दिने भएका हुन्।
६८ वर्षको उमेर पुगेपछि अवकाश लिने परम्परा चिनियाँ कम्युनिष्ट पार्टीमा छ। यो विषय पार्टीको विधानमा भने उल्लेख छैन। ६८ वर्ष पुगेपछि अवसकाश लिने परम्पराका कारण सैनिक आयोगका निवर्तमान उपाध्यक्ष सुइ चिल्याङ, रक्षा मन्त्री रहेका जर्नेल वे फङ्कु र संयुक्त स्टाफ विभागका जर्नेल ली झुवचेङलाई सीले केन्द्रीय कमिटीबाटै बिदा गरेका हुन्।
जाङ सीप्रति निष्ठावान रहेकाले उनलाई केन्द्रीय सैनिक आयोगको उपाध्यक्षको जिम्मेवारी दिइएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। केन्द्रीय सैनिक आयोगले २० लाख चिनियाँ सेनाको कमाण्ड सम्हाल्छ। त्यसको अध्यक्ष भने राष्ट्रपति सी नै हुन्छन्।
जाङका बुवा जाङ जोन्सु चनियाँ जनमुक्ति सेनाको लजिस्टिक प्रमुख थिए। सन् १९४७ मा सीका बुवा सी जोङ्सुन राजनीतिक कमिसार थिए। १८ वर्षकै उमेरमा जाङ जोन्सु १८ वर्षको उमेरमा सेनामा प्रवेश गरेका थिए। उनी २० वर्षकै उमेरमा भियतनाम युद्धका लागि कम्पनी कमाण्डर तोकिएका थिए।
सीको पहिलो कार्यकालमा जाङले हातहतियार विभाग सम्हालेका थिए। जाङ सीले अघि सारेको सेना समायोजन नीतिलाई साथ दिने व्यक्ति हुन्।
यी पनि पढ्नुस्: