प्रदेश १ का मुख्यमन्त्री तथा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले प्रदेशसभा सदस्यका लागि गृहजिल्ला भोजपुर प्रदेश निर्वाचन क्षेत्र नं 'क' बाट उम्मेदवारी दर्ता गराएका छन्।
सत्तारूढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए।
भोजपुर जिल्लामा सत्ता गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँती र बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गराएका छन्।
भोजपुरमा एमालेबाट प्रतिनिधि सभामा पूर्व-मुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गराएका छन्।