प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवाहरूले धमाधम मनोनयन दर्ता गरेका छन्।
निर्वाचन आयोगले आईतबार अपरान्ह पाँच बजेभित्र मनोनयन दर्ता गर्न दलहरूलाई निर्देशन दिएको छ।
आयोगले मनोनयनको समय नथप्ने भएपछि शीर्ष नेताहरू समेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्।
झापा ५ मा पुगेर एमाले अध्यक्ष केपी ओलीले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी मनोनयनका लागि गोरखा पुगेका छन्।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेस नामा मार्फत उम्मेदवारी दर्ता गराएका छन्।
आयोगले सम्बन्धित निर्वाचन कार्यालयमा पुग्न नसक्ने उम्मेदवारका निम्ति निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालयमा पुगेर कागजात पेश गर्ने सुविधा समेत दिएको छ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू- नवीनबाबु गुरूङ/निशा भण्डारी/भगवती पाण्डे/राजु अधिकारी/राजेश घिमिरे