नागरिक उन्मुक्ति पार्टीले कैलालीका प्रतिनिधि र प्रदेश सभाका सिटमा चुनाव लड्न उम्मेदवारको टुंगो लगाएको छ।
पार्टी केन्द्रीय कमिटीको बैठकले कैलाली क्षेत्र नम्बर १ मा रञ्जिता श्रेष्ठ, प्रदेश सभा ‘क’ मा कैलाश चौधरी, प्रदेश सभा ‘ख’ मा लक्ष्मणकिशोर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै, कैलाली क्षेत्र नम्बर २ मा अरुण चौधरी, प्रदेश सभा ‘क’ मा रतन थापा, प्रदेश सभा ‘ख’ मा रामेश्वर चौधरीलाई टिकट दिएको छ।
क्षेत्र नम्बर ३ मा गंगाराम चौधरी, प्रदेश सभा ‘क’ मा धनश्याम चौधरी, प्रदेश सभा ‘ख’ मा खुशीराम चौधरीलाई उम्मेदवार बनाएको छ।
क्षेत्र नम्बर ४ मा कैया चौधरी, प्रदेश सभा ‘क’ मा राजेन्द्र देवकोटा, प्रदेश सभा ‘ख’ मा कमलराज भाटलाई टिकट दिएको छ।
त्यस्तै क्षेत्र नम्बर ५ मा लक्ष्मण चौधरी, प्रदेश सभा ‘क’ मा श्रीराम चौधरी र प्रदेश सभा ‘ख’ मा गोठु चौधरीलाई उम्मेदवार बनाउन पार्टीले टुंगो लगाएको छ।