सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले आगामी हुने निर्वाचनमा एक सय सिट दाबी गरेको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिट दाबी गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए। उनले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा भनेका हुन्।
उनका अनुसार नेकपा माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ।
नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ।
यो प्रस्तावित सिट भएको पुरीले बताए। यसबारेमा गठबन्धनमा थप छलफल गर्ने उनले बताए।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिन लागेको विषयमा पनि छलफल भएको पुरीले बताए। यद्यपि कार्यालयका प्रवक्ताले सो कुरामा सत्यता नभएको जानकारी गराएको पनि उनले बताए।