एमाले सांसद झपट रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी) मा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन्।
उनले एसपिपी सम्झौतामा नेपाल सहभागी नहुने भनी पठाएको पत्रमा उल्लेख भएको विषयसहित सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयका सूचना अधिकारीलाई निवेदन दिएका छन्।
प्रतिनिधि सभाले एसपिपी लागू नहुने पत्र सम्बन्धित देशलाई पठाउन निर्देशन दिए पनि पठाइए/नपठाइएको जानकारी सार्वजनिक नभएको उनको तर्क छ।
'सरकारले यो विषयमा के कसरी पत्रारचार गर्यो? पत्राचार गर्यो या गरेन? पत्राचारमा के/के विषय उल्लेख गरियो जस्ता विषयमा प्रतिनिधिसभा तथा आम जनता अन्यौलमा छन्,'उनले भनेका छन्।
उनले एमसिसी सम्झौता पारित गर्नुअघि प्रतिनिधि सभाले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिका पठाएको/ नपठाएको बारेमा समेत सूचना मागेका छन्।