नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताएका छन्।
कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो।
आज केन्द्रीय समिति बैठकमा देउवाले आफूलाई नजिस्क्याउन आग्रह गरेका थिए। केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा रिसाएका थिए।
‘मलाई नजिस्क्याउनुस् यस्तै हो भने म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ देउवाले भने, ‘गठबन्धन गर्ने हो। एक्लै बहुमत ल्याउन गाह्रो छ।’
उनले गठबन्धनको विरोध गर्नेलाई एक्लै उठेर जितेर देखाउन चुनौती पनि दिए।
देउवाले भने, ‘फेरि सभापति हुन मलाई रहर छैन तर तपाईंहरूले जिस्क्याउनुभो भने फेरि उठ्न सक्छु।’