एमाले महासचिव शंकर पोखरेलले कृषि र पर्यटनलाई जोडेर नेपालको अर्थतन्त्र माथि उठाउन सकिने बताएका छन्।
बुधबार राष्ट्रिय धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघ राष्ट्रिय समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले नेपालमा कृषि र पर्यटनको राम्रो सम्भावना रहेको बताए।
उनले विदेसिएका युवालाई नेपालमै रोक्न कृषिले मात्र सक्ने दाबी गरे।
आधुनिक तरिकाले कृषि गर्न सकेमा विदेश गएका नेपाली युवालाई सहजै फर्काउन सकिने उनले जिकिर गरे।
नेपालको भविश्यको सम्भावना कृषि र पर्यटन जोडेर बनाउन सकिने भएकाले विदेसिने युवालाई रोक्नुपर्ने बताए।
उनले कृषि क्षेत्रसँग मात्र युवालाई फर्काउने योजना र अभियान रहेको भन्दै फेरि पनि युवालाई कृषि प्रणालीमा फर्काउनुपर्ने बताए।
कृषिमा प्रविधिको प्रयोग गर्ने हो भने कृषिले नै रोजगारी दिने पूर्व खुख्यमन्त्रीसमेत रहेका पोखरेलले भने।
आज नेपालको ठूलो जनशक्ति विदेश गइरहेको छ। त्यो जनशक्तिलाई मुलुकभित्रै राख्नसक्ने सबैभन्दा ठूलो क्षमता कृषि क्षेत्रसँग मात्र छ। त्यसैले हामीले युवालाई फेरि कृषितर्फ फर्काउने योजना ल्याउनु जरूरी छ।
उनले नेपालको कृषिलाई आत्मनिर्भर मात्र होइन निर्यात गर्न सक्ने क्षमताको बनाउनुपर्ने बताए।
‘हामीले आधुनिक तरिकाले कृषि गर्न सक्यौ भने हामीले आयात प्रतिस्थापन मात्र होइन। निर्यात गर्ने क्षमतामा पुग्छौ’, उनले भने।
उनले आजको दिनलाई युवा भेला भएर धान रोपियो, रमाइलो गर्यौं भन्ने मात्र होइन युवालाई कृषिप्रति लगाउने पर्वका रूपमा मनाउनुपर्ने बताए।