नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले २७ विभाग प्रमुख तोकेको छ।
अखिल क्रान्तिकारीले असार ५ मा भएको केन्द्रीय समितिको तेस्रो पूर्ण विस्तारित बैठकको निर्णयअनुसार विभाग प्रमुख, उपप्रमुख र सचिवहरू तोकेको हो।
संगठन विभागको प्रमुखमा दिपेश पुनलाई जिम्मेवारी दिइएको छ भने प्रशिक्षण विभाग प्रमुख मिलन एमसी चयन भएका छन्।
शैक्षिक विभाग प्रमुखमा मदन भट्टराई छन्।
यस्तै उपाध्यक्ष पवन कार्कीलाई कारबाही गरिएको आज अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संगठनको हित विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो।
उनीहरू असार ५ मा केन्द्रीय समितिको तेस्रो पूर्ण विस्तारित बैठक सुरू हुनुअघि तोडफोडमा उत्रिएका थिए।
को-को भए विभाग प्रमुख?