मधेस प्रदेशका कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोदकुमार यादवले पदबाट राजीनामा दिने भएका छन्।
सिरहा नगरपालिकाको मेयरको उम्मेदवार बन्नका लागि यादवले राजीनामा दिन लागेको सेतोपाटीलाई जानकारी दिए।
एकीकृत समाजवादीको तर्फबाट उनले मेयरमा उम्मेदवारी दिन लागेका हुन्।
समाजवादीले सिरहा नगरपालिकाको मेयरका लागि उनको मात्र नाम सिफारिस गरेको छ।
'सिरहा नगरपालिकाको मेयरका लागि एकीकृत समाजवादीबाट मेयरमा मेरो मात्र नाम सिफारिस छ,' यादवले भने, 'मन्त्रीभन्दा मेयर बनेर जनताको काम गर्न सक्छु भन्ने लाग्यो। पार्टी निर्णयअनुसार मेयर बन्न राजीनामा दिन लागेको हुँ। मेयर बनेर शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्न चाहन्छु।'