नेकपा एमालेले तीन वटा पार्टीसँग चुनावी तालमेल गर्न निर्देशन दिएको छ।
जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पठाएको पत्रमा राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको केन्द्रीय समन्वय परिषदसँग सहकार्य गर्न निर्देशन दिइएको छ।
स्थानीय चुनावमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलसँग चुनावी तालमेल गर्ने निर्णय एमालेले गत चैत ३० मा गरेको थियो। यस्तै चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग पनि सहकार्य गर्न एमालेले भनेको छ।
उक्त सहमति कार्यान्वयन गर्न महासचिव पोखरेलले प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गरेका हुन्। पार्टीको प्रभाव र अवस्था हेरेर आ-आफ्नो कार्यक्षेत्रमा आवश्यक अनुसार सहमति कार्यान्वयन गर्न एमालेले आग्रह गरेको हो।
वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।