नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सभापतिका लागि आज दोस्रो चरणमा मतदान हुने भएको छ।
शनिबार भएको अधिवेशनमा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याएका थिएनन्।
सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत ल्याए भने बंशलाल तामाङले ६२९ र प्रेमध्वज लामाले ४९३ मत ल्याएका थिए।
धेरै मत ल्याउने जंगबहादुर र बंशलालबीच आज चुनाव हुने भएको हो।
यसैबीच तेस्रो मत ल्याएका प्रेमध्वज लामाले दोस्रो चरणको मतदानमा वंशलाललाई समर्थन गर्ने भएका छन्। जंगबहादुर संस्थापन र वंशलाल संस्थापनइतर समूहका हुन्।
प्रेमध्वज पनि संस्थापन पक्षका उम्मेदवार थिए। प्रेमध्वजले बंशलाललाई समर्थन गर्ने विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।
