प्रतिनिधि सभाको आजको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
आइतबारको बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो।
सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरुले धारणा राखेका थिए।
छलफलमा सबै जसो पार्टीका सांसद्हरुले भाग लिएका थिए। सदन अवरोध गरिरहेको नेकपा एमालेका सांसद् भीम रावलले समेत आफ्नो धारणा राखेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले आजै एमसिसी पारित गराउने गरि आजै दोस्रो बैठक राखेका छन्। बैठक साढे ६ बजे बस्ने भएको छ।