नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी गरेका छन्।
बिहीबार साँझ उनीहरूबीच करिब आधा घण्टा कुराकानी भएको देउवा सचिवालय स्रोतले जनाएको छ।
उनीहरूबीच चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल स्रोतले बताएको छ।
यसअघि आज अपरान्ह ४ बजे बोलाइएको सत्ता गठबन्धन बैठक तयारी नपुगेर स्थगित भएको थियो।
यसअघि दुई दिनअगाडि पनि राजनीतिक समन्वय समितिको बैठक बसेको थियो। उक्त बैठकमा समयमै स्थानीय तह निर्वाचन गर्नेबारे सहमति भएको थियो।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सिफारिस गरेको भए पनि सरकारले मिति तय गरेको छैन।