ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले १३० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भू-माफिया तथा व्यापारीसमेत जोडिएका थिए।
सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको छ।