नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सर्वोच्च अदालतमा भइरहेको घटनाक्रमबारे पार्टी मौन बस्न नहुने बताएका छन्।
आइतबार बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले अदालतबारे नबोल्ने हो भने पार्टी र यो व्यवस्थाले नै मुल्य चुकाउनुपर्ने बताए।
थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई अदालतबारे छलफल गरी निर्णयमा पुग्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए।
'अदालतमा भइरहेको गतिविधिबारे पार्टी मौन बस्न हुन्न। यसले पार्टी र व्यवस्थामै असर गर्छ। हामी यसै बस्यौं भने पार्टी र यो सिंगो व्यवस्थाले नै मूल्य चुकाउछ,' उनले भने।
कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने अदालतभित्रैबाट समस्याको समाधान खोजिनुपर्ने बताए।
उनले अदालतबारे केन्द्रीय समितिमा कुनै छलफल नभएको दाबी गरेका थिए।
अदालतमा भएका समस्याबारे भने दलहरू बोल्नुपर्ने उनले बताए। अदालतको विवाद अदालतबाटै टुङ्गाउनेपर्ने उनले बताए।