नेपाली कांग्रेसले १४ औं महाधिवेशन गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।
आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल तयारी समिति गठन गरेको हो।
समितिमा केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेतालगायत सदस्य हुनेछन्।
महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।
भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्।
विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ।
प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन्। मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन्।
स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ। सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन्।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन हुनेछ। मंसिर २१ गतेदेखि नै उम्मेदवारी दर्ताका काम सुरू हुनेछ।