नेपाली सेनाका सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेबीच भेटघाट भएको छ।
औपचारिक भ्रमणमा रहेका सेनापति शर्माले मंगलबार सेनाध्यक्ष नरवणेसँग भेटेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनीहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको नेपाली सेनाका सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए।
छलफलपछि भारतको सुरक्षा दृष्टिकोणको बारेमा प्रस्तुतीकरण समेत दिइएको थियो।
त्यसअघि प्रधानसेनापति शर्माले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरूको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए। उनलाई भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
तस्वीरहरू: