नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई आफूहरूसँग जोरी नखोज्न चेतावनी दिएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हालै भट्टराईले दिएको आफ्नो पार्टीप्रतिको अभिव्यक्तिमा गम्भीर आपत्ती जनाएको हो।
केही दिनअघि एमालेको महाधिवेशनबारे जानकारी आयोजित कार्यक्रममा बोल्दै एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले माधवकुमार नेपाल नेतृत्वको पार्टी अवैध गर्भधारणबाट जन्मिएको भन्दै उसको ठेगाना पनि नभएकाले महाधिवेशनमा निम्तो नदिने बताएका थिए।
त्यसको जवाफमा एकीकृत समाजवादीको विद्यार्थी संगठन प्रतिगामीको मतियार भएर क्रान्तिकारीसँग जोरी नखोज्न चेतावनी दिएको हो।
तपाईंको प्रतिगामी पार्टी एमालेको पार्टी कार्यालय कहाँ छ? करोडौं राजस्व छल्नेले दानमा दिएको घरमा पार्टी कार्यालय राख्नेले सिसाको घरमा बसेर ढुंगा हानेको कत्ति पनि सुहाएन। जनताको व्यवस्थालाई कमजोर बनाएर ‘वा’ प्रवृत्तिलाई खुसी बनाउँदै नवप्रतिगामीको खरानी कति दिनसम्म घसिरहने हो?,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हिजो आफैंले ओली प्रतिगमनविरूद्ध देशभर घन्काएको नारा याद छ कि छैन? कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको हो?’ विज्ञप्तिमा प्रतिगमनको सेवकका रूपमा क्रान्तिकारीहरूसँग जोरी नखोज्न चेतावनी दिइएको छ भने कसको ठेगाना कहाँ हो? आगामी निर्वाचनमा सार्वभौम नेपाली नागरिकले देखाइदिने उल्लेख गरिएको छ।
यस्तो छ विज्ञप्ति