सल्यानका नौ पालिकामा नेकपा एमालेले अधिवेशन गरेको छ।
१० पालिकामध्ये ९ वटामा मंगलबार भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।
एमाले सल्यानका अध्यक्ष गोविन्द पुनका अनुसार शारदा नगरपालिकाको अध्यक्षमा मधुसुदन शर्मा चयन भए। उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा महेश देवकोटा, सुरेन्द्र बुढा र उपसचिवमा प्रलाद श्रेष्ठ चयन भएका छन्। यहाँ ७५ सदस्यीय कमिटी गठन भएको हो।
यस्तै ७५ सदस्यीय कमिटी गठन भएको बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष, उपेन्द्र वली उपाध्यक्ष, सचिवमा मोहन चन्द चयन भए।
कपुरकोट गाउँपालिकामा ६१ सदस्यीय कमिटी बनेको छ। अध्यक्षमा द्रोण केसी चयन भए भने उपाध्यक्षमा ललिता गिरी, सचिवमा रुपक बुढा, ईश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव चयन भएका छन्।
कालिमाटी गाउँपालिका कमिटीमा केशर बुढा अध्यक्ष चयन भए भने उपाध्यक्षमा वीरबहादुर वली, सचिवमा बेलबहादुर चन्द, उपसचिवमा सुमित्रा राना र मिलन वली चयन भए। कालिमाटीमा ७३ सदस्यीय गाउँ कमिटी चयन भएको हो।
साथै त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव, मंगल रेउले र कुन्ता योगी उपसचिव चयन भएका छन्। त्रिवेणीमा ६१ सदस्यीय कमिटी बनेको छ।
यस्तै छत्रेश्वरी गाँउपालिकामा ६७ सदस्यीय कमिटी बनेको छ। अध्यक्षमा बहादुर खड्का, उपाध्यक्षमा डुमबहादुर केसी, सचिवमा देवराज घर्ती, उपसचिवमा बसन्त वली चयन भए।
७० सदस्यीय कमिटी गठन भएको कुमाख गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, ताराबहादुर योगी सचिव, तेजवीर कामी र सुरेश चन्द उपसचिव चयन भएका छन्।
सिद्धकुमाख गाउँपालिकामा पुष्पा कुमारी बोहरा अध्यक्षमा चयन भएकी छन्। उपाध्यक्षमा गोविन्द रेउले, सचिवमा लिलबहादुर रोका, उपसचिवमा गिर्दल रावत र वीरेन्द्र बोहरा चयन भएका छन्।
दार्मा गाउँपालिका कमिटीको अध्यक्षमा बलबहादुर वली चयन भए। ६५ सदस्यीय गाउँ कमिटीको उपाध्यक्षम गणेश बुढाथोकी, सचिवमा दीपक रोका, उपसचिवमा भावना वली र दीपक परियार चयन भएका छन्।