नेकपा एमालेले दाङका दशवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरको छ।
तुलसीपुर उपमहानगरको नगर कमिटी अध्यक्षमा माधव वली, घोराही उपमहानगरमा भागिराम चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी नगर अध्यक्ष बनेका छन्।
बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर वली, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्तीमा मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी अध्यक्ष भएका छन्।
एमाले दाङका अध्यक्ष टीकाराम खड्काले दशवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए। दाङका कुनै पनि पालिकामा एमालेले महिलालाई नेतृत्वमा ल्याएको छैन।