वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पेसी तोक्ने क्रममा भइरहेको गडबड र न्यायालयमा बढ्दो बिचौलिया प्रवृत्तिको सन्दर्भ उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा ठिक किसिमबाट नेतृत्व गर्न अक्षम रहेको बताएका छन्।
'न्यायाधीले पनि बिचौलियाको काम गर्न थालेका छन्। अरूले त गर्थ्यो, ड्राइभरले गर्ने, श्रीमतीले गर्ने कुरा त छँदै थियो, अब त न्यायाधीशले पनि बिचौलियाको काम गर्न थाल्यो भनेपछि तपाईं-हामी चुप लागेर बस्न सकिँदैन,' उनले मंगलबार आयोजित एक कार्यक्रममा भने, 'न्यायालयलाई योभन्दा बढी क्षति हुने ठाउँमा पुग्न दिनु हुँदैन।'
हेर्नुहोस् भिडिओ: