झापाको कनकाई नगरपालिकामा एकै व्यक्ति नेकपा एमालेको वडा सचिव र माओवादी केन्द्रको वडाअध्यक्ष भएका छन्।
नरबहादुर राई कनकाई नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रबाट वडाध्यक्ष र नेकपा एमालेको विधान महाधिवेशन पछिको पहिलो वडा अधिवेशनबाट वडा सचिवमा निर्वाचित बनेका हुन्।
उनी माओवादीको केहि दिन पहिले भएको वडा भेलाबाट २ नम्बर वार्ड अध्यक्ष चुनिएका थिए। एक साता नबित्तै उनी एमालेको वडासचिवसमेत चुनिए।
एक सातामै किन पार्टी परिवर्तन भन्ने सेतोपाटीको प्रश्नमा उनले भने, ‘सबै साथीहरू एमालेतिर लागेकाले आफू पनि एमालेमै लागेको हुँ।’
झापाको कनकाई नगरपालिकामा माओवादीबाट एमाले रोज्ने अधिकांशले वडाध्यक्ष पाएका छन्।