नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।
ज्वरो नघटेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका हुन्।
दुई दिनदेखि घरमै आराम गरेका भट्टराई आज अस्पताल भर्ना भएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले बताए।
बिरामी भएकै कारण भट्टराई बिहीबारको स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन्।